बाढी/पहिरो

    गोरखाको धार्चेमा पहिरोमा वेपत्ता मध्ये ४ जनाको शव भेटियो

    नवलपुर टुडे
    २०८१ साउन १४ | मध्यान्ह ०४:०४ बजे

      गोरखा । गोरखाको धार्चेमा गएको पहिरोमा वेपत्तामध्ये ४ जनाको शव भेटिएको छ ।

      धार्चे ५ रेशामा पहिरोले घर पुरिँदा उनीहरु वेपत्ता भएका हुन् । हालसम्म घरधनी जीतबहादुर गुरुङ, उनकी पत्नी कान्छी गुरुङ, बुबा सुलाल कान्छा गुरुङ र धार्चे ५ सिंग्लाका रमेश गुरुङको शव भेटिएको हो । 

      ट्याक्टर चालक आरुपोखरीका रमेश परियार अझै भेटिएका छैनन् । पहिरोले जीतको घर पुरिँदा एकै परिवारका ३ सहित ५ जना बेपत्ता भएका थिए ।

        कमेन्टहरु