अपराध, अर्थ

    सहकारी ठगीमा जोडिएका जीबी राईसहित १८ जनालाई झिकाउन विशेष समितिको सरकारलाई निर्देशन

    नवलपुर टुडे
    २०८१ साउन १४ | मध्यान्ह ०३:०४ बजे

      काठमाडौँ । सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिले सहकारी ठगीको आरोप लागेका स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका जीबी राईसहित १८ जनलाई झिकाउन सरकारलाई निर्देशन दिएको छ ।

      समितिले सोमबार गृहमन्त्री रमेश लेखकसहितका प्रहरी अधिकारीहरूसँग छलफल गर्दै बैठकमा सहकारी क्षेत्रको वचत दुरुपयोग,अपचलन र ठगीमा संलग्न भई फरार १८ जना व्यक्तिहरूलाई विदेश वा फरार स्थितिमा रहेकोमा संसदीय विशेष छानविन समितिको सम्पर्कमा ल्याउन र सोधपुछ गरिने सूचिका व्यक्तिहरूसँग समितिको समन्वय र सम्पर्कको प्रबन्ध मिलाउन भनेको सभापति सूर्य थापाले जानकारी दिए ।

      बैठकमा गृहमन्त्री लेखकले समितिले विधिवत् रूपमा गरेको अपेक्षा र निर्देशनलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।उनले समितिलाई कार्यसम्पादनमा सरकारले सम्पूर्ण रूपमा सघाउने, बचतकर्ताहरको बचत दुरूपयोग रोक्ने, फिर्ता पाउने अवस्था सिर्जना गर्ने र पीडितहरूले न्याय पाउने अवस्थामा केन्द्रित भई दिने सुझावलाई सरकारले कार्यान्वयन गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

      विदेशबाट ल्याउनुपर्ने व्यक्तिहरूको नामावली

      १. जीबी राई -सूर्य दर्शन सहकारी, पोखरा

      २. भरत महर्जन – सुमेरू सहकारी, ललितपुर

      ३. राजमाया महर्जन – ” “, काठमाडौं

      ४. सचिन महर्जन – ” “, काठमाडौं

      ५. सरला महर्जन – ” ” , ललितपुर

      ६. ज्ञानबहादुर बम्जन- सूर्यदर्शन सहकारी, पोखरा

      ७. भुपेन्द्र राई-सूर्यदर्शन सहकारी, पोखरा

      ८. तेजबहादुर बम्जन-शिव शिखर सहकारी

      ९. देवकुमार नेपाली- इमेज वचत, पोखरा

      १०.छेदा नेपाली – इमेज वचत सहकारी, बागलुङ

      ११.तस्बिरन खातुन- सानोपाइला सहकारी,बीरगंज

      १२. असरफ अलि – सानो पाइला सहकारी, बीरगंज

      १३.सुवास केसी- सहारा सहकारी, चितवन

      १४. दीपक पौडेल- इमेज सहकारी, बागलुङ

      १५. लीलानाथ गौतम-शिव शिखर सहकारी, भक्तपुर

      १६. महाशंकर रेग्मी-मेघा ड्रिम सहकारी, काठमाडौं

      १७. थानबहादुर बुढामगर- सूर्यदर्शन सहकारी, पोखरा

      १८. प्रेमध्वज लामा- कान्तिपुर कोअपरेटिभ, काठमाडौं

        कमेन्टहरु