धर्म–संस्कृति/रीतिथिति

    देवी प्रतिभा अझै दुई दिन कोटिहोममा

    नवलपुर टुडे
    २०८१ साउन १३ | बिहान ०५:०४ बजे

      ललितपुर । दर्शकबीच अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले थप दुई दिन पशुपति कोटिहोम महायज्ञमा बसेर कथा प्रवचन गर्ने भएकी छन् । शनिबार भारत फर्किनेगरी महायज्ञमा कथा प्रवचन गर्न आएकी देवीप्रतिभा सोमबारसम्म नेपालमै बस्ने भएकी हुन् ।

      उनले आजदेखि भारतमा हुने प्रवचन केही समयलाई पर सारेर थप दुई दिन पशुपति कोटिहोममा प्रवचन दिन लागेकी हुन् । देवी प्रतिभाले १३ र १४ गते बिहानी सत्रमा रामकथा प्रवचन गर्ने कार्यक्रम रहेको छ । । 

        कमेन्टहरु