देश

    धावनमार्गको मार्किङ गर्ने क्रममा रङ पोखिएपछि त्रिभुवन विमानस्थल एक घण्टा बन्द

    नवलपुर टुडे
    २०८१ साउन १२ | मध्यान्ह ०५:०४ बजे

      काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा मार्किङको काम गर्दा उडान अवतरण बन्द गरिएको छ ।

      धावनमार्गको मार्किङ गर्ने क्रममा रङ पोखिएपछि त्यसले पाइलटहरुलाई समस्या पर्ने भन्दै शनिबार दिउँसो सवा ४ बजेदेखि एक घण्टाका लागि उडान अवतरण बन्द गरिएको विमानस्थल स्रोतले जनाएको छ ।

      उडान अवतरण बन्दका कारण कतारको राजधानी दोहाबाट आएको कतार एयरवेजको जहाज होल्डमा छ ।

        कमेन्टहरु