दुर्घटना

    गाडी दुर्घटनामा परेका प्रहरी जवानको मृत्यु

    नवलपुर टुडे
    २०८१ साउन ११ | मध्यान्ह ०८:०४ बजे

      विराटनगर । विराटनगरमा गत साउन २ गते भएको गाडी दुर्घटनामा परी घाइते भएका एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान उपमहानगरपालि–१७ घर भएका सौगात थापा रहेका छन् ।

      उनको काठमाडौँस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको थियो । उपचारकै क्रममा थापाको बिहीबार मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

      मुस्लिम समुदायको मुहरम पर्वमा दंगा फैलने आशङ्काले विराटनगरको रानी क्षेत्रमा सुरक्षाबल थप गर्न प्रदेश प्रहरी कार्यालयको टोली आउँदै गर्दा भट्टी मोडमा प्रहरी चढेको गाडी नै दुर्घटनामा परेको थियो । 

      सो दुर्घटनामा परी साढे दुई दर्जनबढी प्रहरी घाइते भएका थिए । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर थियो । अन्य सबै उपचारपछि घर फर्किइसकेको प्रहरीले जनाएको छ । भट्टीमोडको टर्निङमा स्कुलबाट आएका विद्यार्थीलाई जोगाउन खोज्दा उक्त दुर्घटना भएको थियो ।

        कमेन्टहरु