यातायात

    बेनी–जोमसोम सडक अवरुद्ध

    रासस
    २०८१ साउन ११ | बिहान ०९:०४ बजे

      म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका–२, सिरुबारीमा खसेको पहिरोले बेनी–जोमसोम सडक अवरुद्ध भएको छ । शुक्रबार बिहान ठूलो ढुंगासहित खसेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

      बेनी–जोमसोम–कोरला सडक आयोजनाका सबइन्जिनियर सोहनजंग कार्कीले सडकमा खसेको ढुंगा फुटाउन ‘ब्रेकर’सहितको डोजर पठाउन लागिएको जानकारी दिए । “लोडरले पहिरो र ब्रेकरले ढुंगा फुटाउने तयारी गरेका छौँ,” आजै सडक खोल्ने लक्ष्यका साथ काम गरिने उल्लेख गर्दै उनले भने ।

      स्तरोन्नतिका क्रममा रहेको बेनी–जोमसोम–कोरला सडक आयोजनाका निर्माण व्यवसायी, सडक विभागका उपकरण, प्राविधिक र मजदुर पहिरो पन्छाउन परिचालन गरिएको छ । 
       

       

        कमेन्टहरु