दुर्घटना

    भरतपुरमा नम्बर नखुलेको सवारी साधनले ठक्कर दिँदा एकजनाको मृत्यु

    नवलपुर टुडे
    २०८१ साउन ११ | बिहान ०८:०४ बजे

      भरतपुर, साउन ११ । भरतपुर महानगरपालिका–८ अशोक चोकमा हाल नम्बर नखुलेको सवारी साधनले बागमती प्रदेश ०६–००३ प ६८३९ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

      मृत्यु हुनेमा भरतपुर–७ बस्ने ५० वर्षीय चण्डीप्रसाद अधिकारी रहेका छन् । बिहीवार राति करिब १२ बजेको समयमा नम्बर नखुलेको सवारीको ठक्करबाट मोटरसाइकल चालक अधिकारी गम्भिर घाइते भएका थिए । उनको चितवन मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान २ः०७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए ।

      मोटरसाइकललाई ठक्कर दिने सवारी साधनको खोजी कार्य भइरहेको उनले बताए ।

        कमेन्टहरु