घटना

    मोरङ अरनिको अस्पतालमा कार्यरत डाक्टर कोठामा मृत फेला

    नवलपुर टुडे
    २०८१ साउन १० | मध्यान्ह ०१:०४ बजे

      उर्लाबारी, साउन १० । मोरङको उर्लाबारी ५ स्थित अरनिको अस्पतालमा कार्यरत डाक्टर मनीषकुमार यादव कोठामा मृत भेटिनुभएको छ । बिहीबार बिहान उहाँ कोठामा अचेत अवस्थामा भेटिनुभएको थियो । यादव अस्पताल पछाडि सरिता धिमालको घरमा डेरा गरी बस्दै आउनुभएको थियो ।

      ३५ वर्षीय यादवलाई छिमेकी चन्द्रप्रसाद भट्टराईले झ्यालबाट अचेत अवस्थामा लडिरहेको देख्नुभएको थियो । भित्रबाट चुकुल लगाएर सुतेका डाक्टरलाई अचेत अवस्थामा देखेपछि भट्टराईले प्रहरीलाई खबर गर्नुभएको थियो । प्रहरीले ढोका फुटाएर ८: ४० बजे अरनिको अस्पताल पुर्‍याउँदा  डाक्टरले उहाँलाई मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो ।

      शव पोस्टमार्टमका  लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारी ३ मङ्गलबारे पठाइएको छ । डेढ वर्षदेखि अस्पतालमा कार्यरत डाक्टर यादवको स्थायी घर धनुषाको ओरही गापा वडा नं १ पुरनदहिया हो ।  

        कमेन्टहरु