देश

    उदयपुरका कटारी नगरपालिकाका पहाडी क्षेत्रका जनप्रतिनिधि र स्थानीयले छुट्टै गाउँपालिका मागे

    जगत ठाडा मगर
    २०७८ असार ९ | मध्यान्ह ०४:०३ बजे

      उदयपुर । उदयपुरकाे कटारी नगरपालिकाको पहाडी क्षेत्रमा पर्ने ५ वटा वडाका जनप्रतिनिधिले छुट्टै गाउँपालिका गठन गर्न माग गरेका छन् ।

      कटारी नगरपालिका वडा नं ९, १०, ११, १२ र १४ वडाका जनप्रतिनिधि तथा स्थानीयवासीले कटारी नगरपालिकाबाट छुटिएर छुट्टै गाउँपालिका बनाउने मागसहित मङलबार नगरपालिकाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठ र उपप्रमुख भीमकुमारी राउतलाई भेटेर ज्ञापन पत्र बुझाएका छन् ।

      उक्त अवसरमा नगर प्रमुख श्रेष्ठले भौगोलिक हिसाबले पनि यी वडाहरु दुर्गम भएकाले त्यहाँको समस्या र जनप्रतिनिधिहरुले उठाएका मागका सम्बन्धमा आफू गम्भीर भएको बताउँदै, हाल छुट्टै गाउँपालिका गठन गर्न सहज नहुने धारणा व्यक्त सुनाए ।

        कमेन्टहरु