देश

    प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

    नवलपुर टुडे
    २०८१ साउन ९ | मध्यान्ह ०४:०४ बजे

      काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बुधबार अपराह्न ५ बजे सिंहदरबारमा बस्नेगरी बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

      बुधबार बिहान पोखराका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने क्रममा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाबारे छानबिनको प्रक्रियाबारे बैठकले निर्णय लिने बुझिएको छ । मन्त्रिपरिषद् बैठकले दुर्घटनाबारे छानबिन समिति बनाउने र उद्धार तथा राहतबारे समेत निर्णय लिने बुझिएको छ । 

      सौर्य एयरलाइन्सको जहाज ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रनवे छाड्नेवित्तिकै दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा चालक मनिषरत्न शाक्य घाइते भएका छन् ।

        कमेन्टहरु