यातायात

    ट्रयाक खुलेको ३३ वर्षमा पनि पूरा भएन तनहुँको भानुमार्ग

    नवलपुर टुडे
    २०८१ साउन ९ | बिहान १०:०४ बजे

      तनहुँ, साउन  ९ । आदिकवि भानुभक्त आचार्यको नाममा नामकरण गरिएको भानुमार्ग ट्रयाक खुलेको झण्डै ३३ वर्ष बित्दा पनि पूरा भएको छैन ।

      विसं २०४९ मा कृषि उपज बजारसम्म पु¥याउने उद्देश्यले उक्त ट्रयाक खोलिएको भए पनि भानु नगरपालिका–१३ मा पर्ने चन्द्रावती बजारबाट ठूलो ढुङ्गासम्मको करिब १० किलोमिटर खण्ड स्तरोन्नति नहुँदा स्थानीयले सास्ती भोग्नुपरेको छ ।

      स्थानीय कुवेर खनालले सडक सुधारका लागि पटकपटक स्थानीय तह, प्रदेश तथा सङ् सरकार समक्ष धाउँदा पनि त्यो असफल भएको दुखेसो गरे ।

      सडक स्तरोन्नतिका लागि बजेट थोरै विनियोजन हुने र ठेकेदारले समयमा काम नगरिदँदा समस्या भएको भानु नगरपालिका–१३ का वडाध्यक्ष कृष्णबहादुर अधिकारीले बताए । आठ वर्षअघि रु २३ करोड दुई लाख ८० हजार छ सयमा सडक स्तरोन्नतिका लागि ठेक्का लागेको तर काम पूरा नभएकामा उन खिन्न छन्।

        कमेन्टहरु