यातायात

    देवीघाट–गल्छी सडक अवरुद्ध

    रासस
    २०८१ साउन ९ | बिहान १०:०४ बजे

      नुवाकोट । अविरल वर्षासँगै खसेको पहिराले गल्छी–रसुवागढी सडक योजनाअन्तर्गतको देवीघाट–गल्छी सडक अवरुद्ध भएको छ ।

      विभिन्न चार स्थानमा गएको पहिराले आवागमन अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख शान्तिराज कोइरालाले जानकारी दिए ।

       दुई स्थानमा पहिरो आएको छ भने दुई स्थानमा सडक भासिएर आवागमन अवरुद्ध भएको छ । सडक खुलाउन केही समय लाग्ने उनले बताए । 

        कमेन्टहरु