लुम्बिनी प्रदेश

    लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री आचार्यको शपथ आज

    नवलपुर टुडे
    २०८१ साउन ९ | बिहान ०७:०४ बजे

      काठमाडौं । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज पद तथा गोपनीयताको शपथ लिँदै छन् ।  बिहान ८ः३० बजे शपथ तथा पदभार ग्रहण कार्यक्रम तय गरिएको छ । 

      कांग्रेस र एमालेका ५६ सांसदको समर्थनमा एमाले संसदीय दलका उपनेता आचार्यलाई सोमबार मुख्यमन्त्री नियुक्त गरिएको थियो ।  

      प्रदेश प्रमुख अमिक शेरचनले अर्घाखाँची क्षेत्र नं १ (१) बाट निर्वाचित आचार्यलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । प्रदेशसभामा एमालेका २९ र कांग्रेसका २७ सांसद छन् । 

        कमेन्टहरु