लुम्बिनी प्रदेश

    लुम्बिनी प्रदेशमा कांग्रेस-एमालेले टुंग्याए नयाँ मन्त्रीको नाम, आजै शपथ हुने

    नवलपुर टुडे
    २०८१ साउन ९ | बिहान ०७:०४ बजे

      बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले आज शपथ लिँदैछन् । आज बिहान साढे ८ बजे आचार्यले शपथ लिने कार्यक्रम रहेको छ ।

      त्यस्तै सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेसले मन्त्रीहरूको नाम पनि टुंगाएका छन् ।

      एमालेबाट रुपन्देहीका भूमिश्वर ढकाल, गुल्मीका दिनेश पन्थी, पाल्पाका खेमबहादुर सारु मगर र दाङकी सीता शर्मा चौधरी मन्त्री बन्ने भएका छन् ।

      त्यसैगरी नेपाली कांग्रेसले पनि मन्त्री बन्नेहरुको नाम पनि टुंगो लगाएको छ । कांग्रेसबाट ५ जना मन्त्री बन्दै छन्, जसमा बर्दियाका जन्मजय तिमिल्सिना, गुल्मीका धनेन्द्र कार्की, प्यूठानका सरोज थापा, दाङका प्रचण्डविक्रम न्यौपाने र बाँकेका बादशाह कुर्मीलाई मन्त्री बनाइने भएको छ ।

      मन्त्रीहरुलाई कुन कुन मन्त्रालय दिने भन्ने टुंगिन बाँकी रहेकाले सबैलाई बिना विभागीय मन्त्रीको शपथ आजै खुवाउने तयारी गरिएको छ ।  

        कमेन्टहरु