अपराध

    खोटाङमा २२ वर्षीया युवतीमाथि जबरजस्ती करणी

    नवलपुर टुडे
    २०८१ साउन ८ | मध्यान्ह ०१:०४ बजे

      खोटाङ । २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।

      रावाबेसी गाउँपालिका-२ खार्पा बस्ने ३२ वर्षीय टेक बहादुर नेपालीलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो । 

      नेपालीले ती महिलालाई आफ्नै घरमा लगी आइतबार बिहान जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ ।

      यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

        कमेन्टहरु