घटना, मुख्य समाचार, विचार/ब्लग, समाचार, सुदुरपश्चिम प्रदेश

    बैतडीमा टाउकोमा ढुङ्गा लागेर एक महिला गम्भीर घाइते

    प्रशान्त बोहरा
    २०८१ साउन ६ | मध्यान्ह ०६:०४ बजे

      बैतडी । बैतडीमा टाउकोमा ढुङ्गा लागेर एक महिला गम्भीर घाइते भएकी छन् । जिल्लाको पाटन नगरपालिका–३ गौडालीकी ५२ वर्षीया जानकी अवस्थी घाइते भएकी हुन् । 

      शनीबार दिउँसो उनी घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला पहिरो खसेर टाउकोमा ढुङ्गा लागेर घाइते भएकी हुन । गम्भीर घाइते भएकी अवस्थीको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए ।

        कमेन्टहरु