अपराध

    भरतपुरस्थित क्यान्सर अस्पतालको लेखा अधिकृत घुससहित पक्राउ

    नवलपुर टुडे
    २०८१ साउन ६ | मध्यान्ह ०६:०४ बजे

      चितवन, साउन ६ । चितवनको भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकी लेखा अधिकृत घुस सहित रङगेहात पक्राउ परेकी छन् । लेखा अधिकृत अमृता कोइरालालाई भरतपुर–७, कटहर चोकस्थित बालाज रेस्टुरेन्टबाट आज अपरान्ह घुससहित पक्राउ गरिएको हो ।

      अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोलीले कोइरालालाई १ लाख ५० हजार नगद र ४ लाख ५० हजारको चेकसहित पक्राउ गरेको सूचना अधिकारी गोविन्दप्रसाद गौतमले जानकारी दिए ।  कोइरालाले उक्त घुस रकम एक औषधि कम्पनीसंग लिन लागेको बेला अख्तियारले पक्राउ गरेको हो ।

      कोइरालाले घुस नलिएसम्म भुक्तानीका लागि चेक नै नबनाउने गरेको आरोप लाग्दै आएको थियो ।

        कमेन्टहरु