राजनीति

    कांग्रेस संसदीय दलको बैठक बस्दै

    नवलपुर टुडे
    २०८१ साउन ६ | बिहान ०८:०४ बजे

      काठमाडौँ । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले आइतबार मध्यान्ह १२ बजे बस्ने गरि संसदीय दलको बैठक बोलाएको हो ।

      बैठक संघीय संसद्‌ भवन नयाँ बानेश्वरको ल्होत्से हल नयाँ बानेश्वर काठमाडौँमा हुने भएको छ ।

      प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने तयारी गरिरहेका बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । कांग्रेस-एमाले गठबन्धनको सरकारले संसदमा दुई तिहाई बहुमत पुर्‍याउने कसरत गरिरहेका छन् ।

        कमेन्टहरु