दुर्घटना

    चितवनमा बस र तेल बोकेको ट्याङ्कर ठोक्किँदा १६ जना घाइते

    नवलपुर टुडे
    २०८१ साउन ५ | मध्यान्ह ०५:०४ बजे

      चितवन । चितवनको भरतपुर महानगरपालिका- २९ स्थित नारायणगढ मुग्लिङ सडकखण्डमा बस र तेलको ट्याङ्कर ठोक्किँदा १६ जना यात्रु घाइते भएका छन्।

      शनिबार अपराह्न ३ बजेको समयमा सडक खण्ड अन्तर्गतको भतेरी भन्ने स्थानमा बस र तेलको ट्याङ्कर एक आपसमा ठोक्किएका थिए ।

      नारायणगढबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १४०१ नम्बरको बस सोही दिशाबाट जाँदै गरेको ना ७ ख ५४९१ नम्बरको पेट्रोल ट्याङ्करको पछाडि ठोक्किँदा दुर्घटना भएको हो।

        कमेन्टहरु