घटना

    गैडाकोटको जयश्री सामुदायिक बनमा एक पुरुषको शव फेला

    नवलपुर टुडे
    २०८१ साउन ५ | मध्यान्ह ०१:०४ बजे

      नवलपुर, साउन ५ । नवलपुरको गैडाकोटस्थित जयश्री सामुदायिक बनमा शव फेला परेको छ ।

      जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी बेद बहादुर पौडेलका अनुसार गैडाकोट नगरपालिका- ३ जयश्री सामुदायिक बनमा हाल नामथर, वतन नखुलेको अन्दाजी ३५/४० बर्षको पुरुषको शव सडेगलेको अबस्थामा फेला परेको हो ।

      आज बिहान ९ बजे स्थानीयले खबर गरेपछि इलाका प्रहरी कार्यालय गैंडाकोटका प्रनि हस्त बहादुर सुनारको कमाण्डमा soco सहितको प्रहरी टोली खटिगई प्रारम्भिक मुचुल्का उठाई पोष्ट मार्टमको लागि जिल्ला सरकारी अस्पताल चितवन पठाएको छ ।

      शव सनाखत गर्ने लगायत थप अनुसन्धान कार्य भईरहेको पौडेलले बताए ।

        कमेन्टहरु