खेलकुद

    नेपालले युएईमाथि ऐतिहासिक जित निकाले

    नवलपुर टुडे
    २०८१ साउन ४ | मध्यान्ह ०५:०४ बजे

      शुक्रबार श्रीलंकाको दम्बुलामा यूएईले प्रस्तुत गरेको १ सय १६ रनको लक्ष्य नेपालले ४ विकेट गुमाउँदै १६ १ ओभरमा पूरा गर्यो। नेपालका लागि ओपनर सम्झना खड्काले सानदार ब्याटिङ गर्दै ७२ रनको योगदान दिइन्। यस क्रममा उनले ४५ बलमा ११ चौका प्रहार गर्दै नेपालको इनिङ सम्हालिन्। पुजा महतो ७ रनमा नटआउट रहिन्।

      नेपालका लागि सिता रानामगरले ७, कविता कुँवरले २ तथा इन्दु वर्माले ६ रन जोडिन्। रुविना १० रन जोडेर पेभेलियन फर्कीइन्।

       
       

        कमेन्टहरु