घटना

    भारत बिहारको बगाहामा फेला परेको शव एन्जेल बसको मालिकको भएको पुष्टि

    नवलपुर टुडे
    २०८१ साउन ४ | मध्यान्ह ०१:०४ बजे
    फाइल तस्बिर

      कावासोती, साउन ४ । पुर्बी नवलपरासीको त्रिवेणी भन्दा ४० किलोमिटर दक्षिणमा पर्ने भारतको बगाहामा शुक्रबार बिहान फेला परेको शव एन्जेल बसका मालिकको भएको पुष्टि भएको छ ।

      भारतको बगाहामा फेला पर्ने शव एन्जेल बसका मालिक माइला लामिछाने केसी भएको पुष्टि भएका हुन् । उन घर भक्तपुर र मकवानपुरमा छन । उनको शव नारायणी नदिले बगाएर त्यहाँसम्म पुर्‍याएको हो ।

      नवलपुरका डिएसपी एवम सुचना अधिकारी बेदबहादुर पौडेलका अनुसार मृतकले लगाएको घडी र बालाका आधारमा शवको पहिचान भएको हो । बायाँ हातमा आरबीएस (अंग्रेजी अक्षरमा लेखिएको छ) टयाटु लेखिएको छ । बायाँ हातमा कालो चेनको घडी लगाएका छ् । यो प्रमाणका आधारमा शव एन्जेल बसका मालिक माइला लामिछाने केसीको भएको मृतकका भाइले सनाखत गरेका हुन् ।

      उनको शव भारतीय प्रहरीको सहयोगमा शुक्रबार त्रिवेणीबाट ४० किलोमिटर तल उक्त शव फेला परेको हो । शव भारतीय प्रहरीको सहयोगमा गण्डक ब्योरेज ल्याइएर त्रिवेणीमा राखिएको छ ।

        कमेन्टहरु