देश

    चिनियाँ राजदूतले गरे परराष्ट्रमन्त्रीसँग शिष्टाचार भेट

    नवलपुर टुडे
    २०८१ साउन २ | मध्यान्ह ०२:०४ बजे

      काठमाडौं । नेपालका निम्ति चिनियाँ राजदूत छन् सोङले नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

      सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बुधबार भेटवार्ता भएको हो । त्यसक्रममा चिनियाँ राजदूतले परराष्ट्रमन्त्री भएकामा राणालाई बधाई दिएका थिए । “आगामी वर्ष नेपाल–चीनबीचको दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाउन हामी बहुआयामिक सम्बन्ध र सहयोग अभिवृद्धि गर्न सहमत भएका छौँ,” भेटवार्तापछि चिनियाँ राजदूतले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

      नेपालका निम्ति चिनियाँ राजदूत छन् सोङले नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवासँग शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा बुधबार भेटवार्ता भएको हो । त्यसक्रममा चिनियाँ राजदूतले परराष्ट्रमन्त्री भएकामा राणालाई बधाई दिएका थिए । “आगामी वर्ष नेपाल–चीनबीचको दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाउन हामी बहुआयामिक सम्बन्ध र सहयोग अभिवृद्धि गर्न सहमत भएका छौँ,” भेटवार्तापछि चिनियाँ राजदूतले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।

        कमेन्टहरु