देश

    यी ४ निर्माण कम्पनी डेढदेखि २ वर्षसम्मका लागि कालोसूचीमा परे

    नवलपुर टुडे
    २०८१ साउन २ | बिहान ०७:०४ बजे
      काठमाडौं, साउन २ । विभिन्न आयोजनाहरू ठेक्का लिएर समयमा काम नगर्ने निर्माण कम्पनी र व्यवसायीहरू कालोसूचीमा परेका छन्। सार्वजनिक खरिद अनुगमनको कार्यालयले विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा ४ निर्माण कम्पनी तथा व्यवसायीहरूलाई डेढदेखि २ वर्षसम्मका लागि कालोसूचीमा राखेको हो।

      बि.एस कन्स्ट्रक्सन, दीपायल र त्यसका मुख्य व्यक्ति असोककुमार श्रेष्ठ, डोटीको भैरव शक्ति निर्माण सेवा र त्यसका मुख्य व्यक्ति शिव बहादुर खड्कालाई दुई वर्षका लागि कालो सूचीमा राखिएको छ।

      त्यस्तै भारतको भटिन्डा सेरामिक्स प्रालि र त्यसका सञ्चालक भूषण अग्रवाललाई डेढ वर्ष सम्मका लागि कोलोसूचीमा राखिएको छ। काठमाडौंको मस्टा जे.बि.डि कन्स्ट्रक्सन एन्ड इन्जिनियरिङ प्रालि र त्यसका सञ्चालक पदम बहादुर तामाङलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ।

      kalosuchi-1721179139.PNG
       

        कमेन्टहरु