घटना

    नुहाउने क्रममा बेपत्ता बालक १८ घण्टापछि मृत फेला

    अशोक यादव
    २०८१ साउन १ | मध्यान्ह ०४:०४ बजे

      रौतहट, साउन १ । रौतहटको गढीमाई नगरपालिका- ३ लक्ष्मीपुरघाट बागमती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका बालकको शव फेला परेको छ ।

      फेला पर्नेमा गढीमाई नगरपालिका- ६ अस्थित बस्ने हसबुद्दिन कवाडीका छोरा वर्ष १० का सफर कवाडीको शव रहेको छ ।

      उनी लक्ष्मीपुरघाट बागमती नदिमा नुहाउने क्रममा सोमबार बेपत्ता भएका थिए । उनको शव १८ घण्टा पछि भेटिएका हुन ।

      उनको शव सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेनाको संयुक्त टोलीले बेपत्ता भएको १८ घन्टा पश्चात घटनास्थलबाट साँढे तीन किलोमिटर टाढा भेटिएको सशस्त्र प्रहरी बल नेपाल ११ नं.गणले जानकारी दिएका छन् ।

        कमेन्टहरु