दुर्घटना

    बारामा बस दुर्घटना,११ जना घाइते

    नवलपुर टुडे
    २०८१ साउन १ | मध्यान्ह ०२:०४ बजे

      चितवन,साउन १ । चितवनबाट पर्साको वीरगन्ज जाँदै गरेको बस आज (मंगलबार) बिहान बाराको सिमराजितपुर उपमहानगरपालिकास्थित परवानीपुरमा पल्टिएको छ।

      जिल्ला प्रहरी कार्यालय बाराले दिएको प्रारम्भिक जानकारीअनुसार दुर्घटनामा ११ जना घाइते भएका छन्। ना ७ ख ६०७६ नम्बरको बस सिमरा-जितपुर सडकअन्तर्गत परवानीपुरमा पल्टिएको हो।

      दुर्घटनाको विस्तृत जानकारी आउन बाँकी छ।

        कमेन्टहरु