देश

    नवनियुक्त मन्त्रीहरुद्वारा बिपीको सालिकमा माल्यार्पण

    नवलपुर टुडे
    २०८१ असार ३१ | मध्यान्ह ०४:०३ बजे

      उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले केन्द्रीय कार्यालय पुगेर बिपीको सालिकमा माल्यार्पण गरी पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलबाट सगुन ग्रहण गरेका थिए ।

      सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा शपथ ग्रहणपश्चात् नवनियुक्त मन्त्रीहरुले रत्नपार्कस्थित शान्तिवाटिकामा पुगेर लौहपुरुष गणेशमान सिंहको तस्बिरमा समेत माल्यार्पण गरेका थिए ।  

       
       

        कमेन्टहरु