अपराध

    श्रीमती हत्या गरेर फरार एकजना पक्राउ

    नवलपुर टुडे
    २०८१ असार ३१ | बिहान ०८:०३ बजे

      रुकुम । श्रीमती हत्या गरेर फरार भएका रूकुमपूर्वको भूमे गाउँपालिका वडा नम्बर ६ का जीवन ओली पक्राउ परेका छन् । २५ वर्षीय श्रीमती अप्सरा ओलीको हत्यापछि फरार ओलीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पर्वले जानकारी दिएको छ ।

      शुक्रवार साँझ अप्सराको हत्या भएको थियो । सोही दिनदेखि फरार रहेका ओलीलाई आइतबार पक्राउ गरिएको हो ।

      भूमे गाउँपालिका वडा नम्बर ६ र ७ को बीचमा रहेको माम्फु खोला नजिकको जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी तथा प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए।

      उनका अनुसार फरार रहेका ओलीलाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ। ओलीको साथमा पाँच वर्षीय छोरा आयुष पनि फेला परेका छन् ।

        कमेन्टहरु