दुर्घटना

    सिन्धुलीमा माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते

    नवलपुर टुडे
    २०८१ असार २८ | मध्यान्ह ०१:०३ बजे

      काठमाडौँ, असार २८ । सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ स्थित वीपी राजमार्गमा माइक्रो बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

      वीपी राजमार्गअन्तर्गत सुनकोशी मरिण डाइभर्सन क्षेत्र नजिक सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको माइक्रो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको हो ।

      माइक्रो सडकबाट करिब ३० मिटर तल खस्दा ११ यात्रु घाइते भएका थिए ।

       
       

        कमेन्टहरु