समाज

    म्याग्दीको ताकममा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु

    नवलपुर टुडे
    २०८१ असार २८ | बिहान ०७:०३ बजे
    फाइल तस्बिर।

      बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा शुक्रबार बिहान पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ । ताकमको आरखोलाका तुलप्रसाद न्यौपानेको घर पुरिएको हो । 

      घरभित्र सुतेका घरधनी अन्दाजी ५०/५१ वर्षका तुलप्रसाद र उनकी श्रीमति बालकुमारी न्यौपानेको पहिरोमा पुरिएर मृत्यु भएको ताकम प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक रमेशप्रसाद अधिकारीले बताए ।  

      उनका अनुसार जनप्रतिनिधि, प्रहरी र स्थानीयवासीहरूले उद्धार गरेका थिए । केही दिनदेखिको निरन्तरको झरीका कारण म्याग्दी, राहुघाट र कालीगण्डकी नदीको सतह बढेको छ । जल तथा मौसम विज्ञान विभागले म्याग्दी नदीको सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन अनुरोध गरेको छ । 

       

        कमेन्टहरु