‘संसद् चलेका बेला मन्त्री उपस्थित हुनुपर्छ कि पर्दैन, कोही पनि उपस्थित नभएको संसद् चल्छ चल्दैन सभामुखको कुर्सीबाट म जान्न चाहन्छु’, उनले भने ।त्यसपछि सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली ७९ को नियम ६ को ५ बमोजिम प्रतिनिधि सभा बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य रहेको बताए ।
तर बिहीबारको बैठकमा कुनै मन्त्री उपस्थित नभएको भन्दै बैठक स्थगित गरेर अर्को बैठक शुक्रबार बिहान ११ बजेका लागि बोलाएका छन् । शुक्रबार बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतसम्बन्धी प्रस्ताव राख्नेछन् ।







