बाढी/पहिरो

    पृथ्वी राजमार्ग बिहानैदेखि अवरुद्ध

    नवलपुर टुडे
    २०८१ असार २७ | बिहान ११:०३ बजे
    फाइल तस्बिर।

      धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिकाको हुग्दी खोला नजिकै गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

      प्रहरीका अनुसार पहिरोले राजमार्ग पुरेका कारण दुवैतर्फ सवारी साधनको लामो लाइन लागेको छ ।

      आज बिहान ५ बजे लेदोसहितको पहिरो खसेपछि यातायात सुचारुको प्रयास गरिएको थियो । प्राप्त जानकारी अनुसार राजमार्ग भर्खरै एकतर्फी रुपमा खुलेको छ ।

       

        कमेन्टहरु