स्वास्थ्य

    अनेरा स्वतन्त्र विद्यार्थी युनियनद्वारा रक्तदान जीवन दान कार्यक्रम सम्पन्न

    नवलपुर टुडे
    २०८१ असार २७ | बिहान ०७:०३ बजे

      प्रमोद सहनी

      दाङ । केन्द्रीय आयुर्वेद विद्यापीठ, बेलझुण्डी, दाङ अनेरास्ववियु क्याम्पस कमिटिद्वारा आयोजन गरिएको रक्तदान कार्यक्रममा विद्यार्थीहरु, शिक्षकहरु, तथा कर्मचारीहरु गरी ४० जनाले रक्तदान गरे ।

      कार्यवाहक अध्यक्ष लक्ष्मण ज्ञवालीको अध्यक्षतामा केन्द्रिय विद्यापिठमा ” रक्तदान जिवन दान” कार्यक्रम सम्पन्न गरियो। सो कार्यक्रमको अतिथी माधव वली, वि.अ. डाक्टर रामचन्द्र अधिकारी, वि.अ. सर्जन परियार, अतिथी गोविन्द बस्नेत, गणेश खडका, के.आ.वि.का शिक्षक वर्ग,कर्मचारी वर्ग, स्ववियु अध्यक्ष हेमन्त बन्जाडे, कोषाध्यक्ष कुन्दन जयसवाल तथा सातौँ ब्याच, आठौं ब्याच, नौवौं ब्याच, दशौँ ब्याच, एघारौं ब्याच, बाह्रौं ब्याच, तेरहौँ ब्याचका विद्यार्थीहरुको उपस्थित रहेको थियो।

        कमेन्टहरु