अपराध

    काठमाडौंबाट स्रोत नखुलेको ३८ लाख रकमसहित एक जना पक्राउ

    नवलपुर टुडे
    २०८१ असार २६ | मध्यान्ह ०७:०३ बजे

      काठमाडौं । स्रोत नखुलेको ३८ लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१५ गणेशटोल बस्‍ने ४८ वर्षीय माधव श्रेष्ठ रहेका छन् ।

      उनलाई विशेष सूचनाको आधारमा काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको हो । उनको साथबाट प्रहरीले ३८ लाख रुपैयाँ नगद, एउटा स्कुटी र सामसुङको मोबाइल बरामद गरेको छ ।

      उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

       

        कमेन्टहरु