बिश्व

    भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना : १८ जनाको मृत्यु

    नवलपुर टुडे
    २०८१ असार २६ | मध्यान्ह ०१:०३ बजे

      नयाँदिल्ली । भारतको उत्तर प्रदेशको उन्नाव नजिकै सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएका छन् । 

      एक स्लीपर बस आगरा–लखनउ एक्सप्रेसवेमा गुड्दै गर्दा दूधको ट्यांकरसँग ठक्कर खाएको थियो । सो दुर्घटना बसले ट्यांकरलाई ओभरटेक गर्ने क्रममा भएको थियो ।

      ठक्करपछि बस पल्टिएको थियो । पीटीआईका अनुसार सो बस बिहारको सीतामढीबाट मोतिहारी हुँदै नयाँदिल्ली गइरहेको थियो ।

      सो घटनामा मृत्यु हुनेमा १४ पुरुष, दुई महिला र दुई बालबालिका भएको जनाइएको छ । केन्द्र सरकारले मृतकका प्रतिपरिवारलाई दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ । बीबीसी

        कमेन्टहरु