राजनीति

    एमाले सचिवालय बैठक बस्दै

    नवलपुर टुडे
    २०८१ असार २६ | बिहान ०६:०३ बजे

      काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । हिजो बस्ने भनिए पनि एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको बैठक आज बस्न लागेको हो । बैठक  बिहान ११ बजे बस्नेछ । 

      सचिवालय बैठकमा समसामयिक राजनीति, नयाँ सरकारमा जाने मन्त्री, केन्द्रीय नेताका कार्यविभाजनलगायत विषयमा छलफल हुने बताइएको छ ।

      प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा यही असार २८ गते विश्वासको मत लिँदै छन् । उनले मत पाउने सम्भवना देखिँदैन ।

      सरकार ढलेपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्ने समझदारी नेपाली कांग्रेससँग भइसकेको छ । सोहीअनुसार सरकारमा जाने मन्त्रीहरूका विषयमा सचिवालय बैठकमा छलफल गर्ने तयारी छ ।

        कमेन्टहरु