कर्णाली प्रदेश

    पाँच दिनदेखि अवरुद्ध कर्णाली राजमार्ग पुनः संचालनमा

    नवलपुर टुडे
    २०८१ असार २५ | मध्यान्ह ०३:०३ बजे
    फाइल

      अविरल वर्षाका कारण कालिकोट जिल्लाको दहिखोला – मान्मा सडक खण्डमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। पहिरोका कारण आएका ठूलठूला ढुङ्गाहरु पन्छाएर सडक खुलाइएको हो।

      यो कामका लागि हेभी इक्वीपमेन्ट डिभिजन नेपालगंजबाट खटाइएको ह्वील एक्साभेटर (ब्रेकर) र ब्याकहो लोडर मेसिन तथा सडक डिभिजन सुर्खेतबाट थप १ वटा ब्याकहो लोडर मेसिनको प्रयोग गरिएको थियो।

        कमेन्टहरु