अपराध

    ग्याङफाइट हुँदा एक युवकको मृत्यु, २ जना घाइते

    नवलपुर टुडे
    २०८१ असार २५ | बिहान ११:०३ बजे

      विराटनगर, असार २५ । विराटनगरमा ग्याङ फाइटमा परि एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । सोमबार ग्याङ फाइटमा घाइते मोरङको कटारी गाउँपालिकाका २१ वर्षीय करण कामतको मृत्यु भएको र कटहरी–१ जमोटकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका हुन् ।

      उनीहरूलाई प्रहरीले उद्धार गरी अस्पताल लगेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार राती १० बजे तीनै जना घाइते अवस्थामा भेटिएका थिए । उपचारका लागि अस्पताल लैजाँदै गर्दा कामतको भने मृत्यु भएको छ । मृतक कमातको शरीरका विभिन्न स्थानमा धारिलो हतियार प्रहार गरिएको छ । घाइतेहरूको पनि शरीरको विभिन्न स्थानमा धारिलो हतियार प्रहार भएको छ ।

      यस घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु