दुर्घटना

    रुपन्देही शंकरनगरमा बस दुर्घटना, ८ जना घाइते

    नवलपुर टुडे
    २०८१ असार २५ | बिहान ०९:०३ बजे

      बुटवल । रुपन्देही तिलोत्तमा आज बिहान बस दुर्घटनामा परेको छ । तिलोत्तमा- २ शंकरनगरमा  बिहानै बस दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले  जनाएको  छ ।

      प्रहरी चौकी ड्राइभरटोलका अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख २७९२ नम्बरको बस आफै अनियन्त्रित भई सडकमा पल्टेको हो । बसमा सवार ८ जना घाइते मध्ये सहचालकको अवस्था मध्यम रहेको  छ । अन्य सामान्य घाइते भएको प्रहरीले  जनाएको  छ । बसमा १६ जना सवार थिए ।

      प्रहरीले चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको जनाएको  छ । 

        कमेन्टहरु