अपराध

    रिसिबीका कारण मोटरसाइकलमा आगजनी

    अशोक यादव
    २०८१ असार २५ | बिहान ०६:०३ बजे

      रौतहट । गएराती करिव २ बजेको समयमा रौतहटको गरुडा नगरपालिका-५ महम्मदपुरका श्री यादवको मोटरसाइकलमा अज्ञात ब्यक्तिले आगजनी गरेका छन । आफ्नै घरमा राखिएको अबस्थामा आगजनी गराईएकाे हो ।

      आगजनीबाट मोटरसाइकल पुर्ण रूपमा जलेर नष्ट भएको छ । रिसिबीका कारण आफ्नो गाडिमा आगजनी भएको पीडित श्री यादवले बताए । आगजनी गरेकाे ब्यक्तिलाई बिशेष खाेजअनुसन्धान भईरहेकाे जिल्ला प्रहरी राैतहटले जनाएको छ ।

        कमेन्टहरु