सुदुरपश्चिम प्रदेश

    ओछ्यानबाट भुइँमा खस्दा जमेको पानीमा डुबेर शिशुको मृत्यु

    नवलपुर टुडे
    २०८१ असार २४ | बिहान १०:०३ बजे

      धनगढी, असार २४ । कञ्चनपुरमा घरभित्र जमेको पानीमा डुबेर ७ महिने शिशुको मृत्यु भएको छ ।  कृष्णपुर नगरपालिका–१ को पहरियामा आइतबार घरमा जमेको पानीमा डुबेर ७ महिनाको मृत्यु भएको हो ।

      कृष्णपुर नगरपालिका–१ को पहरियामा आइतबार घरमा जमेको पानीमा डुबेर ७ महिनाका सोनु धानुकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

      जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) चक्रराज जोशीले सुतिरहेका बेला ७ महिने शिशु सोनु धानुक ओछ्यानबाट भुइँमा खसेकी थिइन् । भुइँमा जमेको पानीमा डुबेर धानुकको घरमै मृत्यु भएको र घटनाबारे थप अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

        कमेन्टहरु