घटना

    नारायणीमा एक पुरुषले हामफाले, साइकल पुलमै

    नवलपुर टुडे
    २०८१ असार २३ | मध्यान्ह ०३:०३ बजे

      नवलपुर । नारायणगढस्थित नारायणी नदीको पुलबाट आइतवार एकजना पुरुष हामफालेर बेपत्ता भएका छन् l

      जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतवार १० :४५ बजे साइकलबाट झरेर करिब ५० देखि ५५ वर्षका पुरुष पुलबाट बाढी उर्लिएको नारायणीमा हामफालेर बेपत्ता भएका हुन् l

      पुलबाट नदीमा हाम फालेर बेपत्ता भएका पुरुषको पहिचान खुलेको छैन l पुरुष हामफालेको उक्त स्थानमा अहिले विपद् व्यवस्थापन इकाइको प्रहरी टोली खटाइएको छ l

      हामफालेपछि पुलमा उनले छाडेको साइकल, चप्पल र टोपी लगायतका सामान भेटिएका छन् । पुलबाट हामफालेर बेपत्ता ती पुरुषको खोजी जारी छ l

        कमेन्टहरु