लुम्बिनी प्रदेश

    एमालेले लियो लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता

    नवलपुर टुडे
    २०८१ असार २० | मध्यान्ह ०७:०३ बजे

      बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।  बिहीबार एमालेका ५ मन्त्रीले मुख्यमन्त्री जोखबहादुर महरालाई राजीनामा बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको पनि जानकारी गराएका हुन् । 

      केन्द्रमा नेपाली कांग्रेस र एमालेबिच सत्ता गठबन्धन बनाउने सहमति भएपछि एमालेका मन्त्री चेतनारायण आचार्य, दिनेश पन्थी, भूमीश्वर ढकाल, अर्जुन कुमार केसी र रत्नबहादुर खत्रीले राजीनामा बुझाएका छन् ।  एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता लीला गिरीले सरकारबाट समर्थन फिर्ता लिएको र मन्त्रीहरूले पनि राजीनामा बुझाएको बताए ।  

      यसअघि बिहीबार दिउसो मुख्यमन्त्री महरालाई भेटेर राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गरिएको एमालेका सचेतक तुलसी चौधरीले जानकारी दिए ।

      l

       

        कमेन्टहरु