राजनीति

    रास्वपाका महामन्त्री ढकाल मुखमा कालो टेप लगाएर बैठकमा सहभागी

    नवलपुर टुडे
    २०८१ असार १९ | बिहान १०:०३ बजे

      काठमाडौं, असार १९ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री एवम् प्रवक्ता मुकुल ढकाल मुखमा कालो टेप लगाएर केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन् ।

      केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गर्दै आएका ढकालले माग सुनुवाइ नभएको विरोध मुखमा कालो टेप लगाएका हुन् । ढकालले बैठकमा बोल्न पाउने लोकतान्त्रिक अधिकार हनन भएको जिकीर गरेका छन् ।

      उनले मास्क बाहिर क्रस गरेर कालो टेप टाँसेका छन् र त्यही मास्क लगाएर बैठकमा सहभागी छन् ।

        कमेन्टहरु