गण्डकी प्रदेश

    पोखरा महानगरमा अख्तियारको छापा, मणिपाललाई कर छुट दिने निर्णय लग्यो

    नवलपुर टुडे
    २०८१ असार १८ | मध्यान्ह ०५:०३ बजे
    फाइल फोटो

      पोखरा । पोखरा महानगरपालिकामा अख्तियारले छापा मारेको छ। मंगलबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय पोखराले छापा मारेको हो।

      अख्तियारको टोलीले पोखरा महानगरपालिकाले मणिपाल शिक्षण अस्पतालको भवन सम्पन्नको प्रमाणपत्र दिन गरेको कार्यपालिका बैठकको निर्णय नियन्त्रणमा लिएको छ।

      झन्डै २० करोड राजस्व गुम्ने गरेर मणिपाललाई पोस्ने निर्णय पोखरा महानगरले १५ महिनापछि बदर गरेको छ।असार ९ गतेको कार्यपालिका बैठकबाट निर्णय बदर गरिएको हो।

      २०७९ चैत १० गते बसेको पोखरा महानगरपालिकाको १६ औँ बैठकले मणिपालको नक्सापास स्वीकृत गरेर सम्पन्नताको प्रमाणपत्र दिने निर्णय गरेको थियो।

      बैठकको ८ नम्बर बुँदामा राजस्व परामर्श समितिको सिफारिसका आधारमा नियमित दस्तुर लिई सम्पन्न प्रमाणपत्र लिन चाहेमा दिने निर्णय भएको थियो।

      आम्दानीको ठूलो हिस्सा गुमाएर मणिपालको स्वार्थमा १ करोड ७५ लाख ५३ लाख रुपैयाँ राजस्व दाखिला गर्ने गरी महानगरले नक्सापासको स्वीकृति दियो।

      आर्थिक वर्ष २०८९/८० को प्रतिवेदनमा महालेखा परीक्षकको कार्यालयले नियमानुसार लाग्ने दस्तुरको ३ गुणा राजस्व लिई नक्सापास गर्नुपर्नेमा १९ करोड ८१ लाख ११ हजार राजस्व छुट दिई नक्सापास स्वीकृति दिएको सम्बन्धमा यथार्थता यकिन गरेर दाखिला गर्न निर्देशन दिएको छ।

        कमेन्टहरु