सुदुरपश्चिम प्रदेश

    कैलालीमा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

    नवलपुर टुडे
    २०८१ असार १८ | बिहान ०६:०३ बजे
    फाइल तस्बिर ।

      काठमाडौं । कैलालीमा भारी वर्षा भएको छ । कैलालीको बलिया वर्षामापन केन्द्र र आसपासको क्षेत्रमा भारी वर्षा भएको हो । कैलाली जिल्ला भएर बग्ने घुरुवा, कटेनी र पथरीया नदीमा जलसतहको बहाव बढ्दो रहेको छ । 

      उक्त क्षेत्रमा थप वर्षा हुनसक्ने सम्भावना रहेकाले यी र अन्य स–साना खोलामा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनेहरूलाई उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 

        कमेन्टहरु