देश

    विमान सम्पर्कविहीनको हल्ला फैलाउनेविरुद्ध कानुनी कारबाहीमा जान्छौँ

    नवलपुर टुडे
    २०८१ असार १७ | मध्यान्ह ०३:०३ बजे

      काठमाडौं । तारा एयरले पोखराबाट जोमसोमका निम्ति उडेको आफ्नो विमान सम्र्पकविहीन भएको भन्दै झुटो हल्ला फैलाइएको जनाएको छ ।

      सोमबार विज्ञप्ति जारी गर्दै कम्पनीले केही गलत मनसायका व्यक्तिले झुटो हल्ला फैलाएको उल्लेख गरेको छ । कम्पनीले त्यस्ता हल्लाका पछि नलाग्न आग्रह गरेको छ ।

      गलत सूचना फैलाउनेविरुद्ध कानुनी कारबाही अघि बढाउने कम्पनीले चेतावनी दिएको छ । “गलत समाचार सम्प्रेषण गर्ने तथा बदनियतपूर्वक सामाजिक सञ्जालमा राख्नेविरुद्ध कानुनी कारबाही अगाडि बढाउने समेत सूचित गरिन्छ,” तारा एयरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

      adf-1719827217.jpeg
       

        कमेन्टहरु