देश

    नवलपरासीसहित देशभर महासंघका कार्यालयमा युनियनको धर्ना

    खुरसेद हजाम
    २०८१ असार १७ | मध्यान्ह ०२:०३ बजे

      नवलपरासी । नेपाल पत्रकार महासंघ नेतृत्वले सदस्यता बितरण बिधान बिपरित गरि निष्क्रिय र गैरपत्रकारलाई सदस्याता दिएको भन्दै नेपाल प्रेस युनियनले चरणबद्ध आन्दोलन गरिरहेको छ ।

      महासंघको केन्द्रीय कार्यालयदेखि प्रदेश, जिल्ला र एशोसियट्स शाखाहरुमा समेत तालाबन्दी गरि आज महासंघ केन्द्रीय मुख्यालयदेखि देशभर धर्ना दिएको छ ।

      नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासी शाखामा पनि आज युनियनले क्रियाशिल पत्रकारहरूको सदस्यता कायम गर्न मागसहित धर्ना दिएको हो ।

      पत्रकार महासंघको गरिमा कायम नभएको, सदस्यता बितरण गर्दा बिधान बिपरित मनोमानी रुपले गरेको, शुद्धीकरण गर्दा पक्षपात गरिएको भन्दै युनियनले सच्चाउन माग गर्दै आन्दोलन गर्दै आएको छ । जसले गर्दा केन्द्रीय निर्बाचन समितिले निर्बाचन प्रक्रिया अगाडि बढाउन सकेको छैन ।

      प्रेस युनियन नवलपरासी सभापति उमेश कुमार बिक, युनियन लुम्बिनी प्रदेस सदस्य रबिन शर्मा चापागाईं र पुर्व सभापति आरपी उपाध्यायले धर्ना कार्यक्रमको सन्दर्भमा प्रकाश पार्नुभएकाे थियो ।

      त्यस्तै धर्ना कार्यक्रममा प्रेस युनियन लुम्बिनी प्रदेश सदस्य रबिन्द्र यादव, पुर्व सभापति पुरुषाेत्तम सुवेदी, बरिस्ठ पत्रकार बृजराज कुश्वाहा, प्रेस युनियन उपसभापति सद्दाम हुसैन अन्सारी, नेपाल पत्रकार महासंघ पुर्व केन्द्रीय सदस्य बेचु गाैड, महासंघ नवलपरासी पुर्व उपाध्यक्ष नारायण सुवेदी, राज चाैधरी, मुक्ति तिवारी, सुरेश यादव, महेश यादव, संजय कुशवाहा, खुर्सेद हजाम, ज्ञानेश्वर सहानी, सिकेन्द्र सहानी लगायत सक्रिय पत्रकारहरुकाे सहभागीता रहेको थियो ।

        कमेन्टहरु