देश

    प्रतिनिधि सभा बैठकबाट तीन विधेयक पारित

    नवलपुर टुडे
    २०८१ असार १६ | मध्यान्ह ०६:०३ बजे

      काठमाडौं, असार १६ । प्रतिनिधि सभा बैठकले तीन वटा विधेयक पारित गरेको छ। आइतबार बसेको प्रतिनिधि सभा बैठकले तीन वटा विधेयकहरूलाई पारित गरेको हो।

      प्रतिनिधि सभाबाट आर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल विधेयक २०८१ लाई बहुमतले पारित गरेको छ। यसअघि नै सरकारले पेश गरेको विनियोजन विधेयक, २०८१ पनि पारित भइसकेको छ।—न्युज एजेन्सी नेपाल

        कमेन्टहरु