राजनीति

    कांग्रेस सभापति देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाए

    नवलपुर टुडे
    २०८१ असार १६ | मध्यान्ह ०३:०३ बजे

      काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक डाकेका छन् । सोमबार (भोलि) दिउँसो ३ बजे आफ्नै निवास बूढानीलकण्ठमा बस्ने गरी उनले बैठक बोलाएका हुन् ।

      बैठकमा समसामयिक राजनीतिसँगै म्याद सकिएका भातृसंस्थाको आयु थप्ने वा नेतृत्वमा नयाँ व्यक्ति नियुक्त गर्ने भन्ने विषयमा छलफल गरिने मुख्यसचिव डा. कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

      देउवा शनिबार साँझ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको निवासमा पुगेर छलफल गरेका थिए । त्यसपछि सत्ता गठबन्धन तलमाथि हुने टिप्पणी गरिँदै छ । देउवाले बोलाएको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक भातृसंस्थानको आयुले भन्दा राजनीतिक विषयले बढी महत्त्व राख्ने अवस्था बनेको छ ।

        कमेन्टहरु